काठमाडौं– युरोप पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले चितवनको राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय भरतप्रसाद राईलाई पक्राउ गरेको हो ।
काठमाडौं नयाँबजार बस्दै आएका राईले युरोप पठाइदिने भनेर १९ लाख ४७ हजार ठगी गरेको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए ।
काठमाडौंमा ग्राण्डी ग्लोबल होलिडेज प्रालि सञ्चालन गरेका उनले पोर्चुगल, लाटभिया, युक्रेन पठाउने भन्दै ठगी गरेको आरोप लागेको छ ।
पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।