काठमाडौं– पर्सामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–२४ कि बालिका सोमबार दिउँसो बलात्कृत भएकी हुन्।
बलात्कार आरोपमा सोही ठाउँका ३६ वर्षीय प्रमोद सर्राफ पक्राउ परेका छन् । सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।
बाबुआमा काममा गएका बेला एक्लै रहेकी बालिकालाई १० रुपैयाँ दिई फकाएर बलात्कार गरेको पाइएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।