• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको स्पष्टीकरणविरुद्ध यस्तो छ नेपाल पक्षको ‘काउन्टर’ रणनीति

64x64
डिबी खड्का मंगलबार, वैशाख ७, २०७८  २२:१०
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग आक्रामक हुँदै गइरहेका छन्। यसअघि खुद्रा रुपमा कारबाही गरिरहेका अध्यक्ष ओलीले मंगलबार थोकमै स्पष्टीकरण सोधेका छन्।

स्पष्टीकरणको भाषा र सोधाइको प्रकृति हेर्दा कारबाही अघिको औपचारिकता मात्र देखिन्छ। त्यही पक्षमा रहेका तर कारबाही गर्न नचाहेकाहरुलाई स्पष्टीकरण पत्र पठाइएको छैन।

नेपाल पक्षमा रहेकाहरुलाई ओलीबाट हुने सम्भावित कारबाही त अपेक्षित थियो तर, यति चाँडै उनले सांसदहरुलाई नै हटाउने खेल शुरु गरिहाल्लान् भन्ने चाहिँ उनीहरुले सोचेका थिएनन्। त्यसैले मंगलबार दिउँसो स्पष्टीकरण पत्र पाएपछि नेपाल पक्षको आकस्मिक भेला बोलाइयो। नेपालसहित उपलब्ध नेता तथा सांसदहरु भेला भए। 

स्पष्टीकरणमा काउन्टर रणनीति के हो? 
नेपाल पक्षको भेलामा सहभागी एक सांसदका अनुसार त्यहाँ मूलतः तीनवटा विषयमा छलफल भयो। पहिलो,  एमाले अध्यक्ष ओलीले स्पष्टीकरणलाई कसरी लिने? दोस्रो, त्यसको जवाफ दिने कि नदिने? तेस्रो, जवाफ सामूहिक रुपमा दिने कि व्यक्तिगत?
शीर्ष तहको नेतृत्व लगभग स्पष्ट थियो। तल्लो तहमा अन्योल थियो। 

भेलाले अन्योल चि¥यो। भेलाको निष्कर्ष थियो– राजनीतिक लडाइँ त छँदैछ, कानुनी लडाइँमा पनि कमजोर नबनौं। यही निष्कर्षले निर्णय दियो– आफूलाई पठाइएको ब्यहोरालाई आधार बनाएर हरेकले छुट्टाछुट्टै स्पष्टीकरण दिने। 

संघीय संसदका २७ र कर्णाली प्रदेश सभाका ५ जनालाई एकसाथ स्पष्टीकरण सोधेर एकसाथ कारबाही गर्ने ओली पक्षको रणनीतिलाई विफल तुल्याउन नेपाल पक्षले यस्तो निर्णय गरेको हो। एकैसाथ सबै सांसद गुमाउँदा भविष्यमा आइपर्ने राजनीतिक खेलमा मैदानबाटै बाहिर हुनुपर्ने भएकाले केहीलाई जोगाउन सकिने गरी स्पष्टीकरण बुझाउने तयारी नेपाल पक्षको छ। 

स्पष्टीकरण दिने निर्णयको पछाडि अर्को महत्वपूर्ण कुरा हो, कानुनी रुपमा नचुक्ने। प्रतिशोधका आधारमा आफ्नो सांसद पद खारेज गरिदिएको भन्दै अदालतसम्म जाने बाटो कायम राख्नका लागि यस्तो निर्णय गरिएको हो।

भेलामा उपस्थित सांसद रामकुमारी झाँक्रीका अनुसार राजनीतिक लडाइँसँगै कानुनी लडाइँ लड्ने ठाउँ राख्ने तयारी नेपाल पक्षको छ। झाँक्रीले भनिन्, ‘हामीले कारबाही भोग्नुपर्ने तहका कुनै काम गरेका छैनौं। बरु पार्टी जोगाउन अदालतकै फैसला कार्यान्वयन गर्न दबाब दिएका हौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको फैसला कार्यान्वयन गर्न २०७५ जेठ २ मा फर्कनुपर्ने माग नेपाल पक्षको छ। भोलि कानुनी लडाइँ लड्दा यही विषयलाई समात्न सक्ने संकेत नेपाल पक्षले गरेको छ। 

एमाले २८ गते नै फुटेको निष्कर्ष
नेपाल समूहका तल्लो तहका नेता र कार्यकर्तामा अन्योल छ– पार्टीमा समानान्तर गतिविधी भइरहेका छन्। कमिटीहरु गठन भइरहेका छन्। तर, ती दुवै एमाले हुन्। धेरैको मनमा प्रश्न खेलिरहेको छ,– यी सबै ‘एकता’कै लागि भइरहेका दबाबका कार्यक्रम हुन् वा छुट्टिने रिहर्सल? यो प्रश्नले मंगलबारको भेलामा पनि प्रवेश पायो। 

शीर्ष नेतृत्वले प्रश्नको सिधा उत्तर दिएको छ– पार्टी त २८ गते नै फुटिसक्यो, तर फुटाएको ओली पक्षले हो। नेपाल पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार एक हुने सम्भावनाका ढोकाहरु अध्यक्ष ओलीले एकपछि अर्को गर्दै बन्द गरिरहेका छन्। 

नेपाल पक्षीय एक नेताले भने, ‘अहिलेकै परिस्थितिमा ओलीसँग मिल्न जाने सम्भावना छैन। जेठ २ गतेमा फर्कन ओली चाहनुहुन्न। त्यसैले पार्टी २८ गते नै फुटिसक्यो।’ ‘एमाले पुनःगठन’ भन्दै आफूहरुले कार्यक्रम गरिरहनुको कारण यही भएको उनको भनाइ छ। उनको भनाइमा एमाले पुनःगठन भनेको नवौं महाधिवेशनसम्म एमालेले बोकेका मूल्यमान्यताहरु आत्मसाथ गर्दै अघि बढ्नु हो। 

अध्यक्ष ओलीले ती मान्यता छाडेकाले आफूहरु त्यस्तै पार्टी बनाउन लागिपरेको उनी बताउँछन्। उनले विस्तार लगाए, ‘सकेसम्म त्यो पार्टीको नाम एमाले नै बनाउने कोशिस हुन्छ। त्यसो भएन भने पनि एमाले जस्तै कम्युनिष्ट पार्टी बन्न सक्छ।’

एमाले भंग भइसकेको दाबी
नेपाल पक्षको बुझाइमा अहिले एमाले भंग भएको अवस्था छ। प्रधानमन्त्री ओलीले चैत ७ गते एमाले भंग गरेको यो पक्षको निचोड हो। यस विषयमा स्थायी कमिटी सदस्य बेदुराम भूषालको तर्क यस्तो छ, ‘एकता गर्दा दुवै पार्टी भंग गरिए। अदालतले पुरानै ठाउँमा फर्कायो। त्यो भनेको जेठ २ गते जे व्यवस्था थियो, त्यहीअनुसार चल्नु भनेको हो। पार्टी केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएर कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गरेको भए सही हुन्थ्यो। ओलीको व्यक्तिगत समूह बसेर निर्णय भयो।’

त्यहीबीच चैत ७ गते महाधिवेशनबाट निर्वाचित कमिटी पनि अध्यक्ष ओलीले भंग गरे। नवौं महाधिवेशनले पारित गरेको विधानमा पनि संशोधन गर्ने निर्णय गरियो। यसलाई नेपाल पक्षले नवौं महाधिवेशनको भावना विपरित निर्णय भनेको छ। 

आधिकारितामा झिनो आशा
अध्यक्ष ओलीसँगै मिसिन नसकेको निष्कर्षको उपज हो, एमालेको आधिकारिकतामा नेपाल पक्षको दाबी। वैशाख ५ गते नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो। निर्वाचन आयोगमा यो पक्षले आधिकारिताका लागि लिखित दाबी पेस गरेको छ। 

त्यसैले एमालेमा बहुमत सदस्य खाली भएको भन्दै नवौं महाधिवेशनका निर्णयप्रति प्रतिवद्ध सदस्यहरुले त्यही विधान बोकेर अघि बढ्ने तर्क उनीहरुले गरिरहेका छन्। नेकपा एमालेको विधानको धारा ६८ लाई समातेर अघि बढ्ने स्थायी कमिटी सदस्य भूसाल बताउँछन्। 

विधानमा उल्लेख छ, ‘कुनै कारणवश महाधिवेशनले चुनेको केन्द्रीय कमिटीका ५१ प्रतिशत सदस्य सङ्ख्याको पद रिक्त भएमा केन्द्रीय कमिटी स्वतः विघटन हुनेछ। यस्तो अवस्थामा महाधिवेशनबाट निर्वाचित बाँकी सदस्यहरूले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउनेछन् र बैठकले केन्द्रीय कमिटीका सदस्यहरू सहित आवश्यक सङ्ख्याको केन्द्रीय सङ्गठन कमिटी निर्माण गर्नेछ। सो कमिटीले केन्द्रीय कमिटीका सम्पूर्ण अधिकार र कर्तव्य प्रयोग गरी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशनको आयोजना गरी केन्द्रीय कमिटी निर्माण गर्नेछ।’

वैशाख  ६ गते नेपाल पक्षीय नेताहरुले एमालेको आधिकारिकता प्राप्त हुने झिनो आशासहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। नेपाल पक्षका नेताहरू बेदुराम भुसाल र राजेन्द्र पाण्डेले आयोग पुगेर निवेदन दर्ता गराएका थिए। उनीहरूको मुख्य माग अध्यक्ष केपी शर्मा ओलीले ‘एकलौटी रूपमा’ गरेका निर्णय खारेज गर्नुपर्छ भन्ने छ।   

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला विपरीत ओलीले निर्णय गरेको तर्क गर्नुमा ‘भंग भएको एमाले’ पुनः ब्युताएको नभइ ओलीले अर्कै पार्टी चलाइरहेको नेपाल पक्षको निष्कर्ष हो। 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्