काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सच्चिने अन्तिम मौका’ भन्दै नेपाल पक्षका २७ जना सांसदलाई पत्र पठाएका छन्। अहिलेको जस्तै गतिविधि कायम रहेमा जुनसुकै बेला पनि थप कडा कारबाही गरिने चेतावनी दिँदै ओलीले आफू इतरका सांसदहरुलाई पत्र पठाएका हुन्।
पार्टी अध्यक्ष ओलीको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाक्लापहरु सच्याइ नयाँ राजनीतिक दलका रुपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी एमाले दलको पक्षमा आउने प्रतिबद्धता सहितको समप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने नै छ।’
सच्चिनलाई दिइएको यो मौकालाई पार्टीको कमजोरी ठानेर यस्तै गतिविधहरु कायम राखेमा कुनै पनि वखत कारबाही गरिने उक्त पत्रमा उल्लेख गरिएको छ।
छुट्टै राजनीतिक दल गठन गरेको भन्दै सांसदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधिएको छ। भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १ ग बमोजिम छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने? तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने? आधारसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुनु निर्देशन गर्दछु।’
पार्टीको हित विपरित वैधानिक व्यवस्था र कार्यक्रमको विपक्ष्मा सार्वजनिक क्रियाकप गरेको, पार्टीको विधान निर्णएय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय बारम्बार उलंघन गरेका, पार्टीप्रतिको निष्ठा र विश्वास नहरने गरी भ्रम फैलाएको, निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादमा आँच आउने गरी कार्यक्रम गरेको र गरउौका साथै गोपिनियता भंग गरेको र नयाँ पार्टीको स्वरुपमा पार्टी विरोधीसँग साँठगाँठ गरेको आरोप लगाइएको छ।
स्पष्टीकरण सोधिएको सवै सांसदलहरुलाई उस्तै व्यहोराको पत्र पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।