काठमाडाैं- इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। अवे मैदान इलान्ड रोडमा भएको खेलमा लिभरपुल लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो।
खेलकाे ३१ औं मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो। उक्त अग्रता जाेगाउन नसक्दा लिभरपुल बराबरीमा राेकिएकाे हाे। डिएगो लोरेन्तेले घरेलु टोलीका लागि ८७औं मिनेटमा बराबरी गोल फर्काए।
बराबरीपछि छैटौँ स्थानको लिभरपुलको ३२ खेलबाट ५३ अंक भएको छ। ३२ खेलबाट ४६ अंक जोडेर लिड्स १०औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।