काठमाडाैं- नेपाली कांग्रेसले क्रियाशीलको सदस्यता वितरण तथा नवीकरण गर्ने समय थप गरेको छ।
साेमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला कार्यसमितिलाई क्रियाशीलको विवरण केन्द्रमा पठाइसक्ने गरि समय थप गरेकाे हाे।
कांग्रेसले गत चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भनेकाे थियाे। तर, सात जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नभएकोले समय थप गरेको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।