काठमाडौं– भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८७९ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख ३४ हजार ३४२ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजार संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७५ हजार ६७३ पुगेको छ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ। संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजार ८८९ जना निको भइसकेका छन् भने १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।