काठमाडाैं- इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एम्रिक औबामियाङलाई औलो अर्थात् मलेरिया संक्रमण भएकाे छ। लामखुट्टेको टोकाइका कारण उनलाई औलाे भएकाे हाे।
औबामियाङले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफूलाई औलाे भएकाे जानकारी दिएका हुन्। उनी उपचारकाे लागि अस्पताल भर्ना भएका छन्। उनका अनुसार अफ्रिका कप अफ नेसन्सको छनोट खेलका लागि गोबान पुगेका बेला औलाे भएकाे हाे।
गत मार्च २५ गते भएको खेलमा गोबानले कंगोलाई ३-० ले हराएको थियो । औलाे भएपछि उनले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएकाे शेफिल्ड युनाइटेडविरुद्धकाे खेल गुमाएका थिए। जुन खेलमा आर्सनलले ३-० काे जित निकालेकाे थियाे।
यस्तै, चेक गणतन्त्रमा रहेकाे सिनोवो स्टेडियममा बिहीबार राति भएको युरोपा लिग अन्तर्गतकाे क्वाटरफाइनलकाे दाेस्राे लेग पनि उनले गुमाए। जसमा स्लाभिया प्रागलाई दाेस्राे लेग अन्तर्गत उसकै मैदानमा भएकाे खेलमा ४-० ले हराउँदै आर्सनलले समग्रमा ५-१ काे जित निकालेकाे थियाे।
औबामियाङले पछिल्लो पटक आर्सनलका लागि अप्रिल ८ मा युरोपा लिग अन्तर्गतकाे क्वाटरफाइनलकाे पहिलाे लेग खेलेका थिए । उक्त खेलमा आर्सनलले घरेलु मैदानमा १-१ गोलको बराबरीमा चित्त बुझाएकाे थियाे।
‘हे साथीहरु, म्यासेज पठाउने र कल गर्ने सबैलाई धन्यवाद,’ उनले लेखेका छन्, ‘दुर्भाग्यवश मलाई राष्ट्रिय टोलीमा हुँदा केही हप्ता अगाडि औलाे भयाे।’ उनले आफ्नाे स्वास्थ्य अवस्थामा सुधार आएकाे पनि जानकारी दिएका छन्।
‘मैले याे हप्ता अस्पतालमा बिताए। हरेक दिन स्वास्थ्यमा सुधार भएकाे महसुस गरिरहेको छु। चिकित्सकहरूलाई धन्यवाद, जसले संक्रमण भएकाे यति छिटो पत्ता लगाए र उपचार गरे। म चाँडैभन्दा चाँडाे निकाे हुनेछ,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।