काठमाडौं– २३ किलो गाँजासहित दुई महिला र एक पुरुष मकवानपुरबाट पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले गाँजासहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो।
हेटौंडा उपमहानगरपालिका–११ स्थित पूर्व पश्चिम लोकमार्गमा ना १ ह ९०९९ नम्बरको अटो जाँच गर्दा उक्त अटोमा लुकाई ल्याएको गाँजा बरामद भएको हो।
दुईवटा पोकामा लागुऔषध गाँजा २३ किलो फेला परेको प्रहरीले जनाएकाे छ। गाँजासहित हटौंडा– ११ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, मकवानपुरकै राक्सिराङ गाउँपालिका–१ का ४७ वर्षीया निर्मला तामाङ, सोही ठाउँकी ४७ वर्षीया ४७ माया तामाङ पक्राउ परेका छन्।
लागुऔषध गाँजा र अटोसहित नियन्त्रणमा लिएकालाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।