काठमाडाैं- त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपकाे प्ले अफको दोस्रो चरणबाट बाहिरिएकाे छ। भारतको बेंगलुरु एफसीसँग ५-० गोल अन्तरले पराजित हुँदै आर्मी बाहिरिएकाे हाे।
गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा बेंगलुरुका लागि राहुल भेके र सेलिटन सिल्भाले २/२ गोल गरे। सुनिल क्षेत्रीले एक गाेल गरे।
खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै बेंगलुरुलाई अग्रता दिलाएका थिए। त्यसकाे एक मिनेटमै सुनिलले गाेल गर्दै आग्रता दाेब्बर बनाए।
खेलकाे ६१ औं मिनेटमा सिल्भाको गोलसँगै बेंगलुरु ३-० काे फराकिलाे अग्रता बनायाे। त्यसकाे दुई मिनेटमै उनले व्यक्तिगत दाेस्राे गाेल गर्दै अग्रता ४-० मा पुर्याए।
६५ औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५-० को जित दिलाए। यस हारसँगै आर्मीको प्ले अफको अर्को चरणमा पुग्ने सम्भावना सकिएको छ।
अब बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।