• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०७८ : कार्यकर्तालाई नयाँ नेता र जनतालाई शासक छान्ने अवसर

64x64
डिबी खड्का बिहीबार, वैशाख २, २०७८  ०९:१४
1140x725

काठमाडौं नेपाली राजनीति चार दशकदेखि एउटै घेरामा फन्को मारिरहेको छ। २०४६ सालको बहुदल ल्याउँदा जो विभिन्न दलको उपल्लो पदमा थिए, उनीहरू अझै ओर्लिएका छैनन्। पार्टी र देशको नेतृत्वमा त्यही पुस्ता अझै पलेंटी मारेर बसिरहेको छ।

यी चार दशकमा घटना नयाँ भए। तर, अनुहार तिनै रहे। तिनै पात्रले राजनीतिमा उस्तै गुत्थी बाँधिरहन्छन्। आफैंले पारेको गुत्थी फुकाउन आफैं सक्रिय हुन्छन्। त्यसैलाई सफलता ठानेर मस्तमगन हुन्छन्।

समयक्रममा तिनै पात्र ‘असक्षम’ ठहरिन्छन्, तिनै पात्रमा आशाको उज्यालो देख्नुपर्ने हुन्छ। जुन व्यक्तिलाई ‘कठपुतली’ करार गरिन्छ, तिनै पात्रसँग प्रेम बस्ने अवस्था सिर्जना भइदिन्छ। कुनै समय भयंकर प्रगतिशील र राष्ट्रवादी ठानिएकाहरू बनिदिन्छन्, घोर प्रतिगामी, दक्षिणपन्थी। यसबाट आजितहरूलाई २०७८ सालले उम्किने ‘अवसर’ दिएको छ।

यो वर्ष राजनीतिमा ‘नयाँ नेतृत्व’ चयनको वर्ष बन्दैछ। संयोगले ठूला दुवै पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले महाधिवेशन गर्दैछन्। माओवादी केन्द्रभित्र पार्टीको नाम मात्रै होइन, कार्यशैली परिवर्तनको बहस चलिरहेको छ। यही वर्ष देशमा आम निर्वाचन हुने सम्भावना बढिरहेको छ।

विकल्प खोज्ने हुटहुटी

२०७८ ले आँगन टेकिरहेको बखत देशमा प्रदेश र केन्द्र सरकार परिवर्तन गर्ने प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली विकल्पको सरकारका लागि सत्तारूढ माओवादी मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि कसरत गरिरहेको छ। नेकपा एमालेका नेताहरूले नेतृत्व गरिरहेको प्रदेश सरकार परिवर्तन गर्ने प्रक्रिया केन्द्र भन्दा केही द्रुत देखिन्छ।

प्रदेशमा नेतृत्व परिवर्तनमा पहिलो हुने अवसर गण्डकीले प्रदेशले पाउने सम्भावना २०७८ वैशाख १ गते बलियो बनेको छ। वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने दलले ‘बहुमत’ पुर्‍याएका छन्।

अवस्थाले अल्पमतमा पुगिसकेका प्रधानमन्त्री ओलीको सरकारलाई प्राविधिक र गणितीय खाँबाहरूले टिकाइरहेको छ। ओलीको सरकार जुनसुकै बेला ढल्ने वा कामचलाउ हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’को छिन्नभिन्नतापछि बलियो दल बन्ने नेपाली कांग्रेस नेतृत्व परिवर्तनको संघारमा छ। आगामी भदौभित्रै नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका अनुसार कांग्रेस अघि बढेको छ। अहिले ‘मतदाता’ टुंग्याउने कार्य जोडतोडका साथ चलिरहेको छ। कांग्रेस कार्यकर्तामा नयाँ नेतृत्वको प्यास जागेको धेरै वर्ष भइसकेको छ। तर, हरेक महाधिवेशन नयाँ बोतलमा बासी पानी भर्ने प्रक्रिया मात्रै बनिरहेका छन्। नयाँ क्रियाशील सदस्यमा नयाँ पुस्ताको उलेख्य संख्या देखिएको कांग्रेस नेताहरूले बताउन थालेका छन्। नेतृत्वमा अर्को पुस्तामा आउनुपर्ने बहस पनि सँगै चलिरहेको छ।

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवाका साथै रामचन्द्र पौडैल, विमलेन्द्र निधी, शेखर कोइराला, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत दाबेदार छन्।

कांग्रेस महाधिवेशन केन्द्रित गतिविधि बढ्दै जाँदा २०७७ साल साउन २७ गते नयाँ पुस्ताका १२ जना नेताले ‘कांग्रेसको नेतृत्व लिन तयार’ रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए। कांग्रेसले प्राप्त गरेको ऐतिहासिक विरासत–गौरवलाई जोगाउन र थाम्न वर्तमान नेतृत्व असमर्थ भएको उनीहरूले उल्लेख गरेका थिए।

उनीहरूले त्यो समय भनेका थिए, ‘अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।’

हस्ताक्षरकर्तामा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव थिए। उनीहरू जस्तै कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व गर्ने चाहना पूरा होला? यसको उत्तर आगामी भदौभित्र हुनेछ। कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ।

सत्तारूढ दल नेकपा एमालेले पनि २०७८ मंसिर २ देखि ६ सम्म महाधिवेशन मिति तोकेको छ। केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भइसकेको छ। नेकपा एमालेको नवौं महाधिवेशनले ७० वर्षको उमेरपछि कुनै पनि कार्यकारी पदमा रहन नपाउने व्यवस्था गरेको थियो। तर, पार्टी विधानमा रहेको उक्त व्यवस्थालाई केही दिनअघि एमालेको केन्द्रीय कमिटी बैठकले खारेज गरेको छ। ‘परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउ गर्ने निर्णय गरिएको छ’, उक्त निर्णयमा भनिएको छ।

नयाँ नेतृत्व चयनको संघारमा रहेको एमालेले ‘नयाँ नेता’ पाउने सम्भावनालाई यो निर्णयले कमजोर तुल्याएको छ। तर, असम्भव नै छैन। गत फागुन ११ गते ७० पुगेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्ना भाषण र अन्तर्वार्तामा ‘नयाँ पुस्तालाई नेतृत्व दिन तयार’ बताउँदै आएका थिए। त्यो भाषणमै सीमित रहन्छ वा कार्यान्वयन गर्छन्? उनी प्रश्नको घेरामा छन् भने एमालेका कार्यकर्ता र नयाँ पुस्ताका नेताहरू परीक्षाको घडीमा छन्।

नेकपा बन्न हिँडेका माओवादी केन्द्र नेताहरू फागुन २३ को सर्वोच्चको फैसलापछि दुई वर्षअघि धकेलिएका छन्। नयाँ बाटो तय गरिसकेका माओवादी नेता कार्यकर्तालाई पुरानै ठाउँ आइपुग्ने अवस्थाले सहज बनाइरहेको छैन। पार्टीभित्र नाम र कार्यशैली परिवर्तनको बहस जारी छ। यथास्थितिमै अघि बढ्न सकिने सम्भावनामा उनीहरू आफैं ‘कन्भिन्स्ड’ हुन सकिरहेका छैनन्। यस्तो परिस्थितिमा आफैंबाट छुट्टिएर बनेका केही पार्टीहरू र आफूसँग भावना मिल्ने अन्य पार्टीका नेता-कार्यकर्ता समेटेर नयाँ पार्टी बनाउने उत्कट चाहना उनीहरूमा पलाएको छ। त्यो परिस्थिति २०७८ ले सिर्जना गर्न सक्छ। अध्यक्ष प्रचण्डको विकल्पमा अर्को नेता उक्त पार्टीले अहिल्यै परिकल्पना गरिसकेको छैन। त्यसैले नेतृत्वभन्दा पनि नीति परिवर्तन हुन सक्ने सम्भावना बढी देखिन्छ।

गएको वर्षले नेकपा एमालेमै ‘अर्को पार्टी’को ब्याड-बेर्ना तयार गरेर गएको छ। एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा देशभर एमालेका समानान्तर कमिटीहरू गठन भइसकेका छन्। जनवर्गीय संगठनमा पनि आफ्नै कमिटी निर्माण भएका छन्। यो ‘ब्याड-बेर्ना’का लागि अनुकुल राजनीतिक मौसम यस्तै रह्यो भने यो वर्ष एमाले विभाजनको दृश्य देख्नुपर्नेछ। देशले अर्को नयाँ पार्टी प्राप्त गर्नेछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लवजअनुसार चाहिँ अर्को बिहेका लागि पूर्वपतिसँग गरिएको ‘डिभोर्स’ जस्तै हुन पनि सक्छ यो!

२०७८ ले दिने उत्तर

यो वर्ष राजनीतिमा देखिने यी मुख्य नयाँ दृश्य हुन्। राजनीतिक परिदृश्यले अर्को जनाउ दिइसकेको छ, आम निर्वाचन। तीन वर्षअघि भएका समीकरणमा गएको वर्ष उथलपुथल आएपछि सत्ता पक्ष र प्रतिपक्ष दुवै निर्वाचनका लागि ‘उत्साही’ छन्। सत्तारूढ नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रतिनिधि सभा विघटन स्वभाविक थियो भन्ने प्रमाणित गर्न निर्वाचन गर्नैपर्नेछ। प्रतिपक्ष नेपाली कांग्रेस सभापति देउवालाई नेकपा टुक्रिएकै मेसोमा कांग्रेसलाई ठूलो दल बनाउने लालसा पलाएको छ। ठूला दुवै दलको फरक स्वार्थ तर, एउटै अजेन्डा भएका कारण निर्वाचनको सम्भावना धेरै छ।

निर्वाचनले देशलाई थप केही नेताहरू दिनेछ। विभिन्न पार्टीबाट विभिन्न व्यक्तिहरू चुनावी मैदानमा हुनेछन्। उनीहरूमध्ये राम्रो छान्ने कि हाम्रो, बोतल नयाँ छान्ने कि पानी, नेता रोज्ने कि पार्टी? जस्ता सवालको उत्तर खोजिनेछ।

नेपालीको आम स्वभाव छ, वेटरले मेन्यु नल्याउँदासम्म गुनासो गरिरहने, मेन्यु हातमा आएपछि सर्रर हेरेर टेबलमा राख्दै म:म र चाउनमिनमध्ये एउटा मगाउने! नयाँ नेतृत्व छान्ने सवालमा विभिन्न पार्टीका कार्यकर्ता र नयाँ शासक छान्ने सवालमा नेपाली जनताले यही स्वभाव पछ्याउँछन् कि बदल्छन्? २०७८ ले यसको उत्तर दिनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्