काठमाडौं– भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ। कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २० लाख ७० हजार ७०७ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख १ हजार ५६६ संक्रमित रहेका छन्।
उक्त अवधिमा उक हजार २६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७२ हजार ११५ पुगेको छ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।
संक्रमितमध्ये एक करोड २३ लाख ३२ हजार ६८८ जना निको भइसकेका छन् भने १३ लाख ६६ हजार ५१८ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।