काठमाडौं– बलात्कार मुद्दामा झुटाे बयान दिएपछि जिल्ला अदालत दाङले एक किशोरीलाई जेल सजाय सुनाएको छ।
चैत २३ गते जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले उक्त सजाय सुनाएको हो। १ महिना कैदसँगै पीडित भनिएका ३ युवकलाई युवतीले जनही २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने फैसला भएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले नेपाललाइभलाई बताए।
घोराहीका तीन युवा मिलेर आफूलाई बलात्कार गरेको भन्दै ती युवतीले जाहेरी दिएकी थिइन् । त्यसपछि तीन युवालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
पछि अदालतमा बयानको क्रममा बलात्कार गरेको नभई दु:ख दिने उद्देश्यले उजुरी दिएको बताएपछि ती युवतीलाई झुटा बयान दिएको आरोपमा १ महिना कैद सजाय तोकिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।