काठमाडौं- ७० तोला सुन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलिप र दिनेश उपनामले चिनिने दिलबहादुर पुनलाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यकालगायत बिभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहकाे खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
पुनले गत फागुन १८ गते राति नवलपारासी गौडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर सुनका गरगहना ७० तोला र नगद ७ लाख ४३ लाख रुपैयाँ बराबरको सामान चोरी भएको गरेका थिए।
पक्राउ परेका पुनलाई कारबाहीका लागि नवलपरासी पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।