काठमाडौं– स्पेनिस ला लिगामा रियल बेटिससँग १–१ को बराबरी खेलेको एथ्लेटिको मड्रिड अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। तर एक समय उपाधि यात्रामा बलियो बनिसकेको एथ्लेटिकोका लागि अहिलेको लिग अवस्था भने कठिन देखिएको छ।
लिगमा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३० खेलमा ६७ अंक रहेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३० खेलमा ६६ अंक छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलमा ६५ अंक रहेको छ। च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो देखिएको सेभिया २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ।
एथ्लेटिको र रियल बेटिसबीच आइतबार राति भएको खेलमा पाँचौँ मिनेटमा नै कारास्कोको गोलमा एथ्लेटिको मड्रिडले अग्रता बनाएको थियो। तर खेलको २०औँ मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै रियल बेटिसलाई बराबरी अवस्थामा पुर्याए। बराबरीको नतिजाले एथ्लेटिको मड्रिडको शीर्ष स्थानको भिन्नता कमजोर बनेको हो।
कसले कोसँग खेल्न बाँकी?
एथ्लेटिको मड्रिड – इबर, हुएस्का, एथ्लेटिक क्लब, एल्च, बार्सिलोना, रियल सोसिडाड, ओसासुना र भायाडोलिड।
रियल मड्रिड – गेटाफे, काडिज, रियल बेटिस, ओसासुना, सेभिया, ग्रानाडा, एथ्लेटिक क्लब र भिलारियल।
बार्सिलोना – गेटाफे, भिलारियल, ग्रानाडा, भ्यालेन्सिया, एथ्लेटिको मड्रिड, लेभान्टे, सेल्टा भिगो र बार्सिलोना।
सेभिया – सेल्टा भिगो, रियल सोसिडाड, लेभान्टे, ग्रानाडा, एथ्लेटिक क्लब, रियल मड्रिड, भ्यालेन्सिया, भिलारियल र अलाभेस।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।