काठमाडौं– भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।
उक्त अवधिमा ९०४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७० हजार २०९ पुगेको छ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।
त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३५ लाख २५ हजार३६४ पुगेको छ।
संक्रमितमध्ये एक करोड २१ लाख ५३ हजार ६९९ जना निको भइसकेका छन् भने १२ लाख १ हजार ४५६ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।