काठमाडौं- गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा गएराति एक पुरुष मृत फेला परेका छन्। शनिबार साँझ गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार गएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका दुई जनालाई पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्नेमा ढकुराम बस्नेत र राजकुमार गाहा रहेका छन्। बस्नेतलाई सुनवल र गाहालाई आरूबारीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।