• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फेरि बढ्दै कोरोना संक्रमण, निगरानी र तयारी तीव्र पार्न विज्ञकाे सुझाव

64x64
नेपाल लाइभ आइतबार, चैत २९, २०७७  ०६:४६
1140x725

काठमाडौं - ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ।’सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले सामाजिक सञ्जालमा लेखेको कुरा हो यो। उनले उल्लेख गरेका यी विषयलाई सामान्य रुपमा लिन सकिँदैन। उनले भनेझै कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियन्ट) बढी संक्रामक रहेको भन्ने आधार प्रशस्त छन्।

नेपालमा दैनिक उकालो लाग्दै गरेको कोरोना संक्रमितको तथ्यांक यसलाई पुष्टि गर्न काफी छ। चैत २० गतेदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार २ सय ६४ जना संक्रमित भेटिएका छन्। चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ गतेबाट यो संख्या बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ। 

संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। 

‘सरकारले निगरानी र तयारी दुवै बढाउनुपर्छ’
नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको विज्ञहरु बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल सिकिस्त संक्रमितको संख्या बढ्दै गएको डा बास्तोलाले बताए। सिकिस्त बिरामीको चाप यही गतिमा बढे केही साताभित्र मृत्युदर बढ्ने उनको अनुमान छ। 

‘टेकु अस्पतालमा सिकिस्त बिरामीहरुको संख्या बढ्दो छ,’ डा बास्तोला भन्छन्, ‘यही गतिमा चाप बढ्ने हो भने मृत्युदर पनि बढ्न सक्छ।’

सुरक्षा मापदण्डको पालनामा कुनै पनि किसिमको हेलचक्र्याइ गर्न नहुने उनले बताए। सरकारले अझै व्यवस्थित र योजनावद्ध तयारी गर्नुपर्नेमा उनको जोड छ। 

अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन दैनिक बढ्दै गएको संक्रमितको संख्यालाई सामान्य रुपमा लिन नसकिने बताउँछन्। बाहिर देखिएभन्दा पनि समुदायभित्र अझ बढी संक्रमण फैलिएको हुन सक्ने उनको अनुमान छ। छिमेकी मुलुक भारतमा बढ्दो संक्रमितको संख्या र खुला सिमा नाकाले नेपाल झनै जोखिममा पर्ने गरेको उनी बताउँछन्। 

‘विश्वमा अहिले देखिएको नयाँ भेरियन्ट यदी नेपालमा पनि भित्रिएको हो भने संक्रमितको संख्या झनै बढेर जान सक्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना नियन्त्रणका लागि सरकारले गत वर्ष गरेको तयारीले अबको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ। कोरोना नियन्त्रणका लागि सरकार र नागरिक दुवैको तर्फबाट बलियो तयारी गर्नुपर्नेमा उनी जोड दिन्छन्। ‘हामीले कोरोना नियन्त्रणका लागि गत वर्ष जति मेहनत गरेका थियौँ। यो वर्ष पर्याप्त छैन। नागरिक र सरकार दुवैले तयारी बढाउनुपर्छ,’ उनले भने। 

कोरोना भाइरसले नयाँ नयाँ रुप परिवर्तन गर्दै गएकाले हामी बढी सतर्क रहनुपर्ने उनी बताउँछन्। सरकार आक्रामक तरिकाले अघि बढ्नुपर्ने उनको सुझाव छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बढ्दो संक्रमितको संख्याले ठूलो प्रकोपको संकेत गरेको बताउँछन्। ‘सिकिस्त हुने बिरामीको संख्या पनि बढेको छ,’ उनी भन्छन्, ‘संक्रमित हुनेको संख्या पनि बढेको बढेको छ। यसले ठुलो विपतको संकेत गर्छ।’ 

संक्रमितको संख्या दैनिक बढlरहँदा पिसिआर परीक्षणको दायरा बढाउन नसकेको भन्दै डा मरासिनी सरकारको आलोचना गर्छन्। सरकारले अहिलेको अवस्थामा निगरानीको काम सुरु गरेर तिव्र गतिमा बढाउनुपर्ने उनले बताए। ज्वरो, खोकी लागेको तथा कोरोनाको संभावित बिरामीको निगरानी बढाउन आवश्यक रहेको उनले बताए। 

Xtrem

Xtrem

‘स्वास्थ प्रणालीको मुख्य काम कर्तव्य भनेको नै निगरानी हो। किनभने कुनै पनि रोगको बिरामी सुरुमै पत्ता लगाउन सकेनौँ भने ठुलो नोक्सानी गर्छ। तर सुरुमै पत्ता लगाउन सक्यौ भने यसले अन्यलाई रोग लाग्नबाट बचाउँछ,’ उनले भने। 

निगरानी बढाउनुका साथै सिमा नाकामा पनि कडाईका साथ लागु गर्नुपर्ने उनले बताए। हवाई मार्गबाट आउने व्यक्तिहरुमा गरेको कडाई सिमा नाकाबाट आउने व्यक्तिहरुमा पनि लागु गर्नुपर्ने उनको भनाइ छ। 

कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा लकडाउनको विषयमा हाल चर्चामा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति समेत आउन सक्ने अभिव्यक्ति दिएका छन्। 

भाइरोलोजिस्ट डा लुना भट्ट लकडाउनको स्थिति आउन नदिन सबैले सतर्कता अपनाउन निकै आवश्यक भएको बताउँछिन्। सबैले सावधानी अपनाएर सचेत भए मात्र लकडाउन गर्नुपर्ने स्थिति आउनबाट रोक्न सकिने उनको भनाई छ। 

उनी भन्छिन्, ‘सबैले लकडाउन नगरोस् मात्र भन्छन्। तर लकडाउनको अवस्था आउन नदिन अहिलेदेखि नै सबैले सावधानी अपनाउनुपर्छ। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्नुपर्छ।’

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्