• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सेती नदीमा सय घरको ढल, वडा भन्छ– बिस्तारै हट्ला

64x64
नेपाल लाइभ सोमबार, जेठ ७, २०७५  ०४:२३
1140x725

पोखरा– महेन्द्रपुलमा पोखरा लेखनाथ महानगरका २ वटा सार्वजनिक शौचालय छन्। एउटामा सेफ्टी टयांकी छ भने अर्कोको फोहोर सिधैं सेती नदीमा जान्छ। सेती बचाउ अभियानमा लागेका सरोकारवालाको दबाबपछि पोखरा महानगरपालिका–९ ले शौचालयमा ताला लगाउनु पर्‍यो। ताला लगाएकै २ वर्ष भइसक्यो। न त खोलिएको छ, न विकल्प खोजिएको छ।

विरोध आएपछि वडाले ताला लगाएको पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले बताए। उनी भन्छन्, ‘२ वटामध्ये एउटामा मै गएर ताल्चा लगाएको हुँ, अर्कोमा त सेफ्टी टयांकी नै छ, चिन्ता भएन।’ सार्वजनिक शौचालयमा ताला लगाए पनि वडाले त्यस वरपर रहेका ९६ घरलाई सेती नदीमा ढल निकास गर्नबाट नियन्त्रणमा ल्याउन सकेको छैन। जसका घरबाट सिधै चर्पी तथा ढलको पानी सेती नदीमा मिसिन्छ।

सेती किनारको छेउमा उमावती उपाध्यायको पक्की घर छ। सबै कोठा भाडामा छन्। भाडामा बस्नेले नै हेरचाह गर्छन् त्यो घर। पोखरा महानगरपालिका–९ मा पर्ने उनको घरको सेफ्टी ट्यांकीको पानी सिधै सेतीमा मिसिन्छ। त्यस्तै सोही वडामै घर भएकी पार्वती प्रजापतीको घरको पोहोर पानीको निकास पनि सेती नदी मै छ। 

उमावती र पार्वती जस्तै त्यस वडामा भएका १ सय ४० घरमध्ये ९६ घरले चर्पीका लागि छुट्टै सेफ्टी खाल्डो नखनेको वडाका सचिव लोकदर्शन कोइराला स्विकार्छन्। उनी भन्छन्, ‘केहीले हाम्रो सूचना मानेर बनाए, कसैले बनाउँदैछन्, धेरैले त अटेरी नै गरेर बनाएका छैनन्।’

वडाले पटक–पटक गरेर माइकिङ तथा सूचना भने जारी गरिसकेको छ। वडाका सबै बासिन्दालाई भेला गरेर जनचेतना फैलाउने काम पनि भइसकेको छ। कसैले मानेका छन् भने कसैले अटेर गरिरहेको सचिव कोइरालाले सुनाए। ‘चर्पी सफा गर्ने, सेतीमा ढल मिसाउँदा के हुन्छ र नमिसाउँदा के हुन्छ भन्नेबारे सडक नाटक नै देखायौं, तर भएन,’ उनी भन्छन्। 

स्थानीय चुनाव भएको १ वर्ष बितिसक्दा पनि वडाले सेती नदीमा जाने शौचालयको ढल तथा फोहोरलाई रोक्न नसक्दा वडाको टाउको दुखाइको विषय बनेको छ। सञ्चार माध्यमबाट धेरैपटक सूचना प्रकाशित गर्दा पनि वडाबासीले हेलचेक्र्याइँ गरेको कोइरालाले जनाए। वडाले भएको सार्वजनिक शौचालयलाई समेत नयाँ सेफ्टी ट्यांकी खोलेर प्रयोगमा ल्याउन सकेको छैन। 

४४ जनाको घरमा सेफ्टी टयांकी निर्माण भइसकेको र यसबीचमा धेरैको निर्माणाधीन अवस्था रहेकाले कतिको घरमा टयांकी बनिसकेको छ भन्ने यकिन तथ्यांक नभएको उनले बताए। ‘चिठी सबैलाई पठाएकै छौं, अब स्थलगत अनुगमनमा गएर तथ्यांक संकलन गछौं,’ उनले भने। पत्रपत्रिकामा नाम किटेरै सूचना जारी गरिसकेकाले अब कतिले माने कतिले नमानेको जानकारी लिन घरदैलोमा जाने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सेफ्टी टयांकी बनाउनेले पनि सबैले घरैपिच्छे बनाएका छैनन्। सेती नदीको डिलमै घर भएकाले ३–४ घर मिलेर एउटा टयांकी बनाएको एक स्थानीयले बताए। सबै मिलेर बनाउँदा ठाउँ पनि थोरै लाग्ने र सेतीमा फोहोर पनि नजाने उनको भनाइ छ।

यसरी सेती नै प्रदूषित हुनेगरी फोहोर, ढल तथा चर्पीको पाइप सिधै फाल्ने घरधनीलाई भने वडाले अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन। ‘चिठी पठाउँदा यति दिनभित्र बनाउनुप¥यो भनेका छौं, मान्दैनन्, के गर्नु त?’ वडा सचिव कोइरालाले भने, ‘अहिले नर्मल्ली पेश भइराखेका छौं। एकैचोटिमा हुने कुरा होइन। होला विस्तारै।’

Xtrem

Xtrem

व्यस्त बजारको छेउमा बस्ती भएकाले घरमा घरधनी नबस्ने र बहालमा बस्ने मात्र भएकाले सम्झाउन नसकिएको कोइरालाको भनाइ छ । ‘सबै घरमा भाँडामा मात्र बस्ने छन्, गयो घरधनी भेटिँदैनन्,’ उनले भने। घरधनी समयमै नभेटिँदा पनि सेती नदीमा फोहोर फाल्नेलाई रोक्न नसकिएको उनले बताए।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्