काठमाडौँ – नेपाली काँग्रेसले प्रदेश सभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने प्रस्ताव पास गरेको हो ।
‘प्रदेश सभामा बन्द सूचीमा रहेका साथीहरू बन्द सूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची त्यहाँ पढियो र त्यसलाई पास गरियो,’ प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘निर्वाचन आयोगलाई त्यो बारेमा जानकारी गराउने भन्ने भएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।