काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरू भएको छ ।
कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो ।
रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।
वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।
यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।