काठमाडाैं- अफ्रिकन रुट्सलाई टाई-ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ। गोलकिपर राजाबाबु थापाको उत्कृष्ट खेल प्रदर्शनबाट संकटाले पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो।
टाई-ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए। अफ्रिकनका यानिक र रिमले गोल गरे। तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए।
निर्धरित ९० मिनेट १-१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई-ब्रेकरबाट लिइएको हो। निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले लिएको थियो।
११औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष गर्यो। तर, पहिलो हाफमा सफल हुन सकेन।
पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो।
५२औं ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए। त्यसपछि दुवै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन सकेनन् र निर्धारित समय १-१ गोलको बराबरीमा सकिए। अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल टाई-ब्रेकरबाट लम्किएको थियो।
टाईब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो।
जितसँगै संकटाले नगद १० लाख १ हजार रूपैँया हात पारेको छ। उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो।
आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए।
यस्तै, अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे।
उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।