काठमाडौं- नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन्।
अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय अजेण्डाको प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका हुन्। यस्तै, श्रमजीवी पत्रकारहरूको हक–हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँकतै सम्झौता उनको भनाइ छ।
यस्तै, नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाए। महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने उनले बताए।
महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारीसहित ११ सङ्गठनको तर्फबाट रहेको थियो।
अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। चुनावमा पोखरेलको प्यानलै विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।