झापा- सशस्त्र प्रहरी बल नेपालले मेचीनगर-७ स्थित सतिघट्टामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी बीओपीको स्थापना गरिएको हो।
सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको बीओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए।
प्रजिअ तिम्सिनाले बीओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताए। योसँगै झापामा भारतसँगको सीमा क्षेत्रमा बीओपी स्थापनाको सङ्ख्या १८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।