काठमाडौं– विद्यालयबाट कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयमा जारी भौतिक कक्षा बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।
विद्यालय उमेरका बालबालिकामा संक्रमण बढ्दो दरमा रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ।
विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइसकेको भन्दै शिक्षा मन्त्रालयले भने स्थानीय तहले आफैले निर्णग गर्ने बताए।
एक अन्तर्वार्ताका क्रममा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।