काठमाडाैं- रुट्स एशोसियसन क्यामरुन १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा नेपाल पुलिस कल्बलाई २-० ले पराजित गर्दै क्यामरुन उपाधि नजिक पुगेको हो। क्यामरुनकाे जितमा बासेक र मौसाले एक/एक गोल गरे।
खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै टोलीलाई अग्रता लिएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै क्यामरुनलाई २-० को जित दिलाएका हुन्। खेलको म्यान अफ दि म्याच मौसा चुनिए।
पहिलो पटक सहभागिता जनाएको क्यामरुन पहिलो पटक फाइनल पुगेको हो।
सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ। उपाधिको लागि क्यामरुनले शनिबार संकटासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।