• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

'ब्राण्डेड लाइफस्टाइल'कै लागि चोरी, २७ पटक चोरी गर्दा पनि खुलेन चेत

चोरीका 'मस्ट वान्टेड' काभ्रे प्रहरीको नियन्त्रणमा
64x64
नेपाल लाइभ बिहीबार, चैत २६, २०७७  २१:२२
1140x725

काठमाडौं- गत फागुन १८ गते जिल्ला समन्वय समितिका कर्मचारी होमबहादुर राउत र रन्जन रेग्मीको कोठामा चोरी भयो। काभ्रेको धुलिखेल नगरपालिका-७ का सूर्यप्रसाद देवजुको घरमा कोठा लिई बसेका उनीहरुको कोठाबाट सुनका गरगहना चोरी भयो।

सुनको सिक्री दुई थान, सुनको एक तोलाको झुम्का एक थान, सुनको एक तोलाको छड्के एक थान, सुनको औँठी तीन थान, सुनको सानो तलहरी एक थान, सुनको सिरबन्दीलगायत चोरी भएको थियो।

घरको कोठामा लगाएको ताल्चा फुटाएर चोरी भएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्‍न भौतिक प्रमाण, प्राविधिक पाटाको विश्लेषण र घटना भएको समय र त्यस आसपास मुभभेन्ट भएका व्यक्तिहरुको निगरानी सुरु गरेको थियो।

त्यसपछि प्रहरीको सिनमा देखिए हेमबहादुर तामाङ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का २७ वर्षीय हेमबहादुरको पृष्ठभूमि प्रहरीले केलाउन थाल्यो।

उनको पृष्ठभूमि केलाएपछि अनुसन्धानमा खटिएका प्रहरी नै चकित परे। उनी थिए प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका चोर। चोरीकै ११ वटा घटनामा त उनी यसअघि नै पक्राउ परिसकेका थिए।

अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले हेमबहादुरको सूक्ष्म निगरानी सुरु गरेको थियो। सीसी टीभी फुटेजको सूक्ष्म अध्ययन र हेमबहादुरको हुलिया र चोरीमा प्रयोग भएको मोटरसाइकलमार्फत हेमबहादुरको पहिचान प्रहरीले गरिसकेको थियो। सो क्रममा हेमबहादुरको उपस्थिति काठमाडौं बौद्ध देखियो। महानगरीय प्रहरी वृत्त बौद्धको वडा क्षेत्रमा लुकिछिपी बसेको भन्‍ने गोप्य सूचना पाएपछि काभ्रेबाटै खटिएको प्रहरीको विशेष टोलीले हेमबहादुरलाई पक्राउ गर्‍यो।

हेमबहादुर पक्राउ परेपछि नै उनैमार्फत चोरीमा संलग्‍न भएका थप दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।

उक्त टोलीले चैत १२ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गट्ठाघरबाट सोही स्थानका २७ वर्षीय कर्मा भनिने कर्म तामाङ पक्राउ परे भने त्यसको चार दिनवपछि चैत १६ गते सोही स्थानका ३२ वर्षीय राजकुमार भनिने बेलबहादुर नकर्मी पक्राउ परे।

Ncell 2
Ncell 2

२७ पटकसम्म चोरी गर्दा पनि खुलेन चेत
पक्राउ परेका तीनै जना पटके चोर रहेको अनुसन्धानबाट खुलेको। उनीहरुविरुद्ध लागुऔषध र चोरीका २७ वटासम्म मुद्दा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी भूपेन्द्र खत्रीले बताए।

११ वटा चोरीको घटनामा मुद्दा चलेका हेमबहादुरकोे पहिचान भएपछि झस्किएको प्रहरी २७ वटा चोरीको घरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति पक्राउ परेपछि झनै चकित परेको थियो।

उनीहरुको चोरीको सिलसिला २०७१ सालबाट सुरु भएको प्रहरीको रेकर्ड छ। सुरुमा २०७१ भदौ १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले हेमबहादुरसहित आठ जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो। त्यसबेला लागुऔषध मुद्दामा उनीहरुविरुद्ध कारबाही भएको थियो। त्यसपछि भने यो समूह चोरीलाई नै पेसा बनाएर चोरी गर्दै आएको पाइएको एसपी खत्रीले बताए।

हेमबहादुरविरुद्ध अहिलेसम्म ११ वटा मुद्दा चलेका छन् भने कर्मविरुद्ध दुई र बेलबहादुरविरुद्ध २७ वटा मुद्दा चलेको प्रहरीको रेकर्डमा उल्लेख छ।

प्रहरीका 'मस्ट वान्टेड', समूह बनाएर दैनिक चोरी
पक्राउ परेका तीनै जना प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका चोर हुन्। काठमाडौं उपत्यकामा कुनै ठूलो चोरी हुनेबित्तिकै प्रहरीले उनीहरुलाई अनुसन्धानमा तान्‍ने गरेको छ।

उनीहरुले समूह नै बनाएर विगत आधा दशकदेखि काठमाडौं उपत्यकामा चोरीको आतंक मच्चाउँदै आएको प्रहरी अधिकारीहरु बताउँछन्। पछिल्लो समय भने निस्क्रियजस्तै देखिएको यो समूह प्रहरीको खोजी सूचीमा रहे पनि पक्राउ पर्न भने सकेको थिएन।

यो समूहको चोरी गर्ने शैली भने दिउँसोमात्रै छ। दिउँसो घरमा मान्छे नभएको वा अफिस भएको मौका छोपेर उनीहरुले घरमा भएका नगद तथा महँगा गरगहना चोरी गर्ने गर्छन्। केही दिनसम्म मान्छेको रेकी गर्ने, को कतिखेर अफिस जान्छ र कतिखेर फर्कन्छ? घरमा अन्य व्यक्ति हुन्छन् कि हुँदैनन् भन्‍ने यकिन गरिसकेपछि बल्ल उनीहरुले चोरी गर्ने गरेको पाइएको एसपी खत्री बताउँछन्।

यस्ता छन् चोरीका घटनाहरु
अहिले पक्राउ परेका तीनै जना पहिलोपटक २०७१ भदौ १८ गते महानगरीय प्रहरी परिसर काठाडौंले लागुऔषध मुद्दामा पक्राउ गरेको थियो।

२०७६ माघ २६ गते काठमाडौंको चन्द्रागिरिस्थित सन्सिला पुजारीको घरमा भएको चोरीको घटनामा उनी त्यसको दुई दिनपछि पक्राउ परेका थिए। त्यसबेला चोरीको कसुरमा मुद्दा चलेको थियो।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले चोरीको कसुरमा २०७१ कात्तिक १६ गते मुद्दा चलाएको थियो। काठमाडौं ३५ स्थित दुर्गाकुमार भट्टराईको घरमा चोरी गरेको आरोप त्यसबेला लागेको थियो। २०७१ साउन २१ गते भट्टराईको घरमा चोरी भएको थियो।

२०७१ जेठ १७ गते काठमाडौं १६ स्थित शान्ति बलामीको घरमा भएको चोरीमा संलग्‍न भएको आरोपमा बेलबहादुर पक्राउ परेका थिए।

२०७१ भदौ २ गते बालकोटस्थित रघुशंकर कार्कीमो घरमा भएको चोरी काण्डमासमेत उनैको नाम मुछिएको थियो। २०७१ साउन ९ गते भक्तपुरको मध्यपुरठिमी १६ स्थित शोभा केसीको घरमा भएको चोरीमा पनि संलग्‍न भएको आरोपमा बेलबहादुरविरुद्ध मुद्दा चलेको थियो।

२०७१ असोज ८ गते बिहान ८ बजे बालकोटस्थित मोहनकृष्ण श्रेष्ठको घरमा चोरी भएको थियो। यो घटनामा पनि उनी पक्राउ परेका थिए। २०७१ भदौ ४ गते मध्यपुरठिमी-१६ स्थित जानुका अधिकारीको घरमा भएको चोरीमा बेलबहादुरविरुद्ध मुद्दा चलेको प्रहरी रेकर्ड छ।

यस्तै २०७६ कात्तिक २४ गते बौद्धस्थित खेलकुमार कार्कीको घरमा भएको चोरीमा पनि बेलबहादुरकै संलग्‍नता छ। यसरी विभिन्‍न २७ वटा चोरीको घटनामा बेलबहादुरको संलग्‍‍नता रहेको भन्दै मुद्दा चलेको थियो भने हेमबहादुरविरुद्ध ११ वटा चोरीका मुद्दामा मुद्दा चलेको रेकर्ड प्रहरीसँग छ।

उनीहरु तीन जना यसअघि पनि पटक-पटक एउटै चोरीको केसमा पक्राउ परेका व्यक्ति हुन्। चोरीको कसुरमा पटक-पटक पक्राउ पर्ने तर जहिल्यै सामान्य धरौटी र थोरै समय जेल बसेर उनीहरु छुट्दै आएका थिए। पछिल्लो समय भने गत वर्षको माघमा चोरीको आरोपमा पक्राउ परेर छुटेको पाइएको छ।

ब्राण्डेड लाइफस्टाइलकै लागि चोरी
चोरी आरोपमा पक्राउ परेका चारै जनाको पारिवारिक अवस्था नाजुक छ। तर उनीहरुको लवाइखवाइ हेर्दा भने धनाढ्य देखिन्छ। सात/आठ हजार रुपैयाँ पर्ने ज्याकेटदेखि १०/१२ हजार रुपैयाँसम्मका जुत्ता उनीहरुले लाउने गरेको एसपी खत्री बताउँछन्। यही किसिमको 'ब्राण्डेड लाइफस्टाइल' बिताउनका लागि चोरीमा संलग्‍न भएको उनीहरुको भनाइ छ।

चोरी गरेकै पैसाले उनीहरुले मोटरसाइकल किन्‍नेदेखि गेष्टहाउसमा मस्ती गरेर बिताउने गरेका छन्। महँगा होटलमा गएर मस्ती गर्नेदेखि, महँगा र ब्राण्डेड कपडा लगाउनमै चोरीको रकम खर्च गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चोरी गरेकै भोलिपल्ट उनीहरुले सुनका गहना बेचेर मोटाइकलसमेत किनेका थिए। उक्त मोटरसाइकल र चोरीमा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन?
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? बिहीबार, चैत १२, २०८२
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित बिहीबार, चैत १२, २०८२
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूले लिए शपथ बिहीबार, चैत १२, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्