कराची- फुटबलको विश्व नियामक निकाय फिफाले पाकिस्तान फुटबल संघ (पीएफएफ)लाई निलम्बन गरेको छ। संघमाथि तेस्रोपक्षले हस्तक्षेप गरेको भन्दै फिफाले बुधबार निलम्बन गरेको हो।
१०१८ मा फिफाको विधान बिपरित चुनाव गर्दै अशफाक हुसेन शाहलाई पीएफएफको अध्यक्ष बनाइएको थियो। उक्त चुनावलाई सर्वोच्च अदालतले स्वीकृति दिएको थियो तर, फिफाले हारुन मलिकको नेतृत्वलाई मात्रै मान्यता दिँदै आएको छ।
उक्त समूहले गत महिनादेखि पीएफएफको मुख्यालय र पीएफएफ सामान्यीकरण समिति ९एनसी०माथि नियन्त्रण गरेका थिए।
‘पीएफएफ मुख्यालयको अवैध कब्जा हटाउन अनुरोध गर्छौं। साथै फिफाले मान्यता दिएका पदाधिकारीहरूलाई प्रवेशको अनुमति नदिए तत्काल ब्यूरोमा जानकारी दिन अनुरोध समेत गर्छौं,’ फिफाले भनेको छ।
आफूले मान्यता दिएको समूहलाई पीएफएफ परिसर, खाता र प्रशासन फिर्ता नदिएसम्म निलम्बन नहटाइने फिफाले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।