काठमाडौं- महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगर घर भई काठमाडौं टोखा नगरपालिका-४ बखुन्डोल बस्ने ३५ वर्षीय महेश्वर घिमिरे रहेका छन्। उनलाई टाेखाबाटै नियन्त्रणमा लिइएकाे महाशाखाले जनाएकाे छ।
एक करोड रुपैयाँ ठगी गरेकाे आराेपमा गत माघ १२ गते उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि घिमिरे फरार हुँदै आएका थिए।
थप अनुसन्धानका लागि घिमिरेलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।