• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मी विजयी

64x64
नेपाल लाइभ बुधबार, चैत २५, २०७७  १९:४९
1140x725

काठमाडौं- नेपालको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप फुटबलको प्लेअफमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोलअन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका पुलिसविरुद्ध जित निकालेको हो। पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो। खेलको चौथो मिनेटमा विवेक बस्‍नेतले कप्तान भरत खवासलाई पास दिँदै बनाएको मुभमा विवेकले प्रहार गरेको बल श्रीलंका पुलिसका दिनेश महेन्द्रनले बचाएका थिए। खेलको १०औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको बल गोलकिपर महेन्द्रनले बचाए। खेलको १२ औं मिनेटमा भरतले प्रहार गरेको बल गोललाइनबाट ए निकोलसले बचाए।

खेलको २८औं मिनेटमा आर्मीको डिफेन्सको गल्तिको मौका उठाउँदै इभान्स असन्तले गोल गरे। यो गोलसँगै श्रीलंका पुलिसले आर्मीविरुद्ध १-० गोलको अग्रता बनायो। खेलको ३४औं मिनेटमा नवयुग श्रेष्ठको क्रसमा कप्तान भरतले गोल गर्ने राम्रो अवसर पाएका थिए। डिबक्सभित्रै पाएको बल भरतले बाहिर हानेका थिए। खेलको ४१औं मिनेटमा सन्तोष तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे। उनको गोलसँगै आर्मीले १-१ गोलको बराबरी बनायो। खेलको ४३औं मिनेटमा भरतको पासमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म २-१ गोलको अग्रता दिलाए।

खेलको ५०औं मिनेटमा टंक बस्‍नेतले गोल गर्दै आर्मीलाई ३-१ गोलको अग्रता दिलाए। नवयुगले प्रहार गरेको बललाई गोलकिपर महेन्द्रनले पन्च गरेर बचाएको बललाई टंकले गोल गरे। खेलको ८३औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४-१ गोलको अग्रता दिलाए। उनी खेलको ६३औं मिनेटमा टंक बस्‍नेतको स्थानमा मैदानमा प्रवेश गरेका थिए। खेलको अतिरिक्त समयमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ५-१ गोलअन्तरको जित दिलाए।

आर्मीले भारतको बैंगलुरुसँग खेल्ने
आर्मी फुटबल क्लबले अब वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ। बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा हुनेछ। आर्मी र बैंगलुरुबीचको विजेताले वैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्सले भुटानको थिम्पु सिटीलाई पराजित गर्दै बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्ने भएको छ। यी टिमबीचको विजेताले भारतको बैंगलुरु र नेपालको आर्मी फुटबल क्लबको विजेतासँग प्लेअफको फाइनलमा खेल्नेछ। प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’मा स्थान बनाउने छ।

आर्मीले एएफसी कपको प्लेअफ खेल्न यसरी पायो
लिग विजेताकै हैसियतमा भने मछिन्द्र क्लबले एएफसी कपको प्लेअफ खेल खेल्नुपर्ने हो। तर, आर्मी फुटबल क्लबले किन खेल्ने अवसर पायो?

२०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मछिन्द्रले जितेको थियो। १३ खेलबाट ३१ अंक बटुल्दै लिग च्याम्पियन बनेको मछिन्द्रले भने एएफसी कपको प्लेअफ खेल्न पाएन। यसपछिको एउटै कारण हो, क्लब लाइसेन्स। एएफसीको नियमअनुसार ए डिभिजन लिगका सबै क्लबहरुले एएफसीको क्लब लाइसेन्स पाइसकेको हुनुपर्छ। त्यसको लागि एएफसीले छुट्टै नियम र मापदण्ड राखेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यो मापदण्ड नेपालका कुनै पनि क्लबले पूरा गर्न सकेनन्। आफ्नै मैदान, एकेडेमी, उमेर समूहका टिम, वित्त व्यवस्थादेखि क्लब लाइसेनिङमा एएफसीले धेरै मापदण्ड हुनुपर्ने सर्तहरु राखेको छ। यही मापदण्ड पूरा नगर्दा नेपालका १३ वटा क्लबलाई केही महिनाअघि क्लब लाइसेन्स नदिने एएफसीले जनाएको थियो। तर, त्रिभुवन आर्मी क्लबले भने सुधार गर्दै फेरि एएफसी क्लब लाइसेन्सको लागि अपिल गरेको थियो। त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दियो। एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेलेको हो।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्