लमजुङ–कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा आधुनिक कृषि प्रणाली आवश्यक रहेको बताए।
नेपालमा आधुनिक कृषि प्रणालीका लागि इजरायली प्रविधि विस्तार गर्नु आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार लागेको उनले बताए।
इजरायली प्रविधिको प्रयोगमार्फत कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा गुरुङले जोड दिए।
प्रदेश सरकारले जनताका लागि विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई विषेश प्राथमिकतामा राख्दै अघि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।