दमक- जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट ९ जुवाडेलाई पक्राउ गरेको छ।
गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएकाे हाे।
प्रहरीका अनुसार उनीहरुकाे साथबाट १६ थान कौडा, नगद रु ६९ हजार ४२० बरामद गरिएकाे छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।