काठमाडाैं- रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई काेराेना संक्रमण भएकाे छ। मंगलबार क्लबले उनलाई काेराेना संक्रमण भएकाे जानकारी दिएकाे हाे।
'हाम्रो खेलाडी राफेल भरानलाई आज बिहान काेराेना संक्रमण पुष्टि भएकाे छ, क्लबले भनेकाे छ।
याेसँगै फ्रान्सेली डिफेन्डर भरानले आज राति हुन लागेकाे च्याम्पियन्स लिगअन्तर्गतकाे क्वाटरफाइनलको पहिलो लेग गुमाउने पक्का भएकाे छ।
घरेलु मैदानमा रियलले इंग्लिस क्लब लिभरपुलसँग आज राति १२:४५ बजे खेल्दै छ। आजकाे खेलमा रियलका कप्तान सर्जियो रामोस पनि टाेलीमा हुने छैनन्।
३५ वर्षीय डिफेन्डर रामोसले विश्वकपको युरोपियन छनाेट अन्तर्गत कोसोभोविरुद्धको खेलमा चोट बोकेका थिए। उनको पीडुलामा चोट लागेकाे बताइएकाे छ। त्यसैले रियललाई याे खेल जित्न गाह्राे हुने अनुमान गरिएकाे छ।
यसअघि रियल र लिभरपुलबीच सन् २०१८ को फाइनलमा भिडेका थिए। जसमा रियलले ३-१ को जित निकाल्दै उपाधि जितेको थियो। लिभरपुल आज उक्त हारको बदला लिने योजनामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।