ओखलढुंगा- जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा जिप चालक गम्भीर घाइते भएका छन्।
मंगलबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा ७१ वर्षीया बिनामाया मगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन्।
त्यसैगरी जिप चालक सिद्धिचरण नगरपालिका १० का ६ वर्षका कमलबहादुर थापा मगर गम्भीर घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ।
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।