काठमाडौं- चलचित्र क्षेत्रका कलाकारहरुको फेसबुक ह्याक गरी म्यासेञ्जरमार्फत रकम माग गर्ने एक किशोर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पर्साको बहुदरमाई नगरपालिका-५ का एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई सोमबार पर्साबाट पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।
उनले कलाकारको फेसबुक ह्याक गरी म्यासेञ्जरमार्फत कलाकारका साथीहरुसँग रकम माग गरेको भन्ने उजुरी आएपछि अनुसन्धान गरेको ब्यूरोले किशोरलाई पक्राउ गरेको हो।
पक्राउ परेका किशोरविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।