काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य विभागले संयुक्त रुपमा कलंकीस्थित हेयर कलर कम्पनीमा छापा मारेका छन्।
ट्रेडमार्क खारेज भइसकेको कम्पनीले गैरकानुनी रुपमा कस्मेटिक सामाग्री उत्पादन गरेको सूचनाकाे आधारमा छापा मारिएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए।
'२०७३ सालमै दर्ता खारेज भएपनि विभिन्न कस्मेटिक सामाग्रीहरु उत्पादन गर्दै आएको पाइएपछि छापा मारिएको हाे। छापा मारेर गोदाम सिल गरिएको छ,' उनले भने।
उक्त कम्पनीले मेहन्दी, हिनाजलायतका सामानहरु उत्पादन गर्दै आएको छ । भारतबाट सामानहरु ल्याएर प्याकिङ गरेर बजार उठाउने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।