काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सलाई वेस्ट हाम युनाइटेडले ३-२ ले हराएको छ। जितसँगै ३० खेलमा ५२ अंक बनाएको वेस्ट हाम अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। जसले प्रिमियर लिगको शीर्ष चारमा पर्ने प्रतिस्पर्धा थप रोचक भएको छ।
सोमबार राति भएको खेलमा छैठौँ मिनेटमा लिङ्गार्डको गोलमा वेस्ट हामले अग्रता बनाएको थियो। १४औँ मिनेटमा फोर्नाल्सको गोलमा वेस्ट हामले अग्रता दोब्बर बनाएको थियो। वेस्ट हामको तेस्रो गोल खेलको ३८औँ मिनेटमा बोवेनले गरे। खेलको ४४औँ मिनेटमा डेनडोनकर र ६८औँ मिनेटमा फाबियो सिल्भाले वुल्भ्सका लागि गोल गरे।
प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७४ अंक रहेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलमा ६० अंक रहेको छ। तेस्रोमा लेस्टरको ३० खेलमा ५६ अंक छ।
चौथोमा उक्लिएर शीर्ष चारको प्रतिस्पर्धामा बढेको वेस्ट हामभन्दा तल पाँचौँ स्थानमा झरेको चेल्सीको ३० खेमला ५१ अंक छ। छैठौँमा रहेको टोटनह्यामको ३० खेलमा ४९ र सातौँमा रहेको लिभरपुलको ३० खेलमा ४९ अंक नै छ। आठौँ स्थानमा रहेको इभर्टनको २९ खेलमा ४७ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।