फाइल तस्बिर
काठमाडौं–केही दिन कम भएको नेपालको वायु प्रदूषण सोमबारदेखि पुनः बढेको छ । पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ।
प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असरसमेत देखिएको छ।
नेपालका अधिकांश वनमा लागेको डढेलोका कारणद प्रदूषण बढेको बताइएको छ। डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ।
बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।
बिहान ६ :३० मा वायु प्रदूषणको गुणस्तरको सूचक २९६ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ। यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो।
काठमाडौँपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका, चिनको सेङयाङ, भियतनामको हनोइ प्रदूषषित सहरको सुचीमा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।