काठमाडाैं- पूर्वी नेपालमा भूकम्पकाे धक्का महसुस भएकाे छ। साेमबार राति ९ बजेर ५ मिनेटमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।
भारतकाे राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएकाे छ।
भूकम्पको केन्द्रविन्दु सिक्किमको राजधानी गान्तोकबाट २५ किलोमिटर उत्तरपूर्वी क्षेत्र रहेकाे बताइएकाे छ।
भूकम्पकाे धक्का नेपालका माेरङ, सुनसरी संखुवासभालगायतका जिल्लाहरुमा धक्का महसुस गरिएकाे हाे।
यता भारतकाे बंगाल, बिहार र आसाममा पनि धक्का महसुस गरिएकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।