कैलाली- कैलालीकाे टीकापुर नगरपालिकाको दमकलले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।
सोमबार से १ ग ११४ नम्बरको दमकलले ठक्कर दिँदा टीकापुर नगरापालिका-१ ब्लक नम्बर ९ का ४२ वर्षीय जनक साउद र बाढी पीडित शिविरका ५५ वर्षिय गहेन्द्र चौधरी घाइते भएका हुन्।
उनीहरुलाई नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। टीकापुर नगरपालिकाका–४ बाघमारामा गहुँमा भएको आगलागी नियन्त्रणका लागि जाने क्रममा उक्त दमकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।