काठमाडौं–बैंकिङ कसुर मुद्दामा ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ का ३४ वर्षीय बरुण ढकाललाई आइतबार पेप्सिकोलाबाट पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस १५ गते ढकालविरुद्ध ६१ लाख ५५ हजार रुपैयाँ जरिवानासँगै ५ दिनको कैद सजाय सुनाएको थियो।
कमला कुमारी राई र कल्पना कुमारी राईले उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा दायर गरेका थिए। ढकालले आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि २०७५ चैत २० गते कुमारी बैंक लिमिटेडको शाखा कार्यालय कोटेश्वरमा रहेको आफ्नो खाताको चेक पीडितहरुलाई दिएका दिए।
पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि उनीहरुले जाहेरी दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।