काठमाडाैं- म्यानमारमा आइतबार सेनाले चलाएकाे गाेली लागेर थप दुई जनाकाे मृत्यु भएकाे छ।
म्यानमार नाउका अनुसार कछिन प्रान्त र राजधानी नेपिडोमा एक-एक जनाकाे मृत्यु भएकाे हाे। काछिनमा मारिने एक पुरुष रात्रीकालीन सुरक्षा गार्ड हुन्।
उनकाे छाति र फिलामा गाेली हानिएकाे थियाे। त्यस्तै एक पुरुषकाे पहिचहान हुन सकेकाे छैन।
गत फेब्रुअरी १ मा बर्मेली सेनाले ‘कू’ गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५९ भन्दा बढीको मृत्यु भएको छ।
एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा दुई हजार ७५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन्। यता मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।