काठमाडाैं–वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव हरेक दिन नेपाल आइरहेको हुन्छ। आइतवार एकै दिन मलेसियाबाट १२ जना नेपालीको शव नेपाल आएको छ।
सधै विमानस्थल हुँदै विदेश जाने नेता उक्त शव बुझ्ने प्रक्रियामा कमैमात्र सहभागी हुने गरेका छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विमानस्थलमा पुगेर शव बुझ्न पुगेका आफन्तलाई ढाडस दिएका छन्।
‘कस्तो दुःखद अवस्था! वैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘तीमध्ये गोरखा–२, सिरानचोक–५का सूर्य विक (२८ बर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ बर्ष)को शव बुझ्न आएका आफन्तको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र! ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।