काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। घरेलु टिम रियलले इबारलाई २–० गोलले हराएको हो।
शनिबार राति भएको खेलमा रियललाई जिताउन मार्को एसेन्सियो र करिम बेन्जिमाले गोल गरे। खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाए।
खेलको ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियलले इबारलाई २–० गोलले पराजित गरेको हो। ला लिगामै भएका अन्य खेलमा हुएस्काले लेभान्टेलाई २–० गोलले हराउँदा ग्रानाडालाई भिल्लारियलले ३–० गोलले हराएको छ।
त्यस्तै, ओसासुना र गेटाफेले भने गोलरहित बराबरी खेलेका छन्। जितसँगै रियलले बार्सिलोनालाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २९ खेलबाट ६३ अंक बनाएको छ। पराजित इबारको भने २९ खेलबाट २३ अंक छ।
लिगको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड रहेको छ। एथ्लेटिको मड्रिडको २८ खेलबाट ६६ अंक छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।