काठमाडौं–आजदेखि देशको मौसममा सुधार देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश स्थानमा देखिएको तुवाँलोको मात्रा पनि विस्तारै हट्दै गएको बताइएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बताइएको छ। अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।
अपराह्नतिर प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।