काठमाडौं–‘ल्याण्डफिल साइट’ प्रभावित स्थानीयसँग सहमति गरेसँगै काठमाडौंको उपत्यकाको फोहोर उठ्न थालेको छ। स्थानीयले विभिन्न माग राख्दै केही दिनदेखि फोहोर व्यवस्थापनमा अबरोध गरेका थिए।
काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाबीच माग सम्बोधनका विषयमा सात बुँदे सहमति भएपछि फोहर व्यवस्थापनको अवरोध हटेको हो।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहित जनप्रतिनिधि र प्रभावित स्थानीबीच सहमति भएसँगै सात दिनयता रोकिएको फोहर उठ्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।