काठमाडौं- वायु प्रदूषण र निजगढ बचाउको माग गर्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदूषण र डढेलो नियन्त्रणमा सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले सिंहदरबार अगाडिबाट नियन्त्रणमा लिएको हो।
भद्रकाली जाँदै गर्दा सिंहदरबारअघि पुग्नेबित्तिकै पक्राउ गरी महेन्द्र पुलिस क्लब लगिएको पक्राउ परेका विनोद देउवाले बताएका छन्।
गमलामा बिरुवा बोकेर हिँडिरहेका एक जना र अर्का बटुवालाई पनि कुटपिट गर्दै पुलिस क्लब पुर्याइएको देउवाले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।