काठमाडौं- रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलका खेल गुमाउने भएका छन्। घाइते भएका कप्तान रामोसले क्वाटरफाइनलमा लिभरपुलविरुद्धको दुवै लेग गुमाउने भएका हुन्।
३५ वर्षीय रामोसले स्पेनबाट अन्तर्राष्ट्रिय खेल खेल्दा घाइते भएका थिए। स्पेनले विश्वकप फुटबलको युरोपियन छनोटमा तीन खेल खेलेको थियो। समूह ‘बी’मा रहेको स्पेनले तीन खेलबाट सात अंक बनाएको छ। रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबारसँग शनिबार राति प्रतिस्पर्धा गर्दैछ।
च्याम्पियन्स लिगमा रियलले इंग्लिस क्लब लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेगमा ७ तारिखमा प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, ११ तारिखमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ।
यसपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा १५ तारिखमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। यी सबै खेलमा कप्तान रामोस भने रियलका लागि उपस्थित हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।