• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहाँ पुग्न चाहन्छन् ओली ?

64x64
नेपाल लाइभ बिहीबार, चैत १९, २०७७  २२:३९
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो शक्ति अभ्यासमा तीव्र गतिमा अघि बढेका छन्। उनले सोमबार आफ्नै सहयात्री तथा १५ वर्ष पार्टीको नेतृत्व गरेका प्रमुख नेता माधवकुमार नेपाललाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेतबाट निलम्बन गरे। निलम्बन हुनेको सूचीमा भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि थपिएका छन्।

यीमध्ये पाण्डे र भुसाललाई ओलीले बिहीबार मात्र ‘कारबाही’को निर्णय सुनाएका हुन्। कारबाहीमा परेका चारै जना एमालेभित्र मात्र होइन, अन्य पार्टी र आम मानिसका बीच पनि 'लोकप्रिय' नेतामा पर्छन्। गत महाधिवेशनमा उनीहरूले पाएको मतले पार्टीभित्र उनीहरूको लोकप्रियता प्रष्ट्याउँछ। तर, ओलीले त्यसको प्रवाह गरेनन्। बरु आफूसँग भएको अन्तिम औजार चलाउने दिशातिर अघि बढे।

अहिले एमाले एउटै पार्टी भए पनि दुई चिरामा विभक्त छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्वमा नेपाल र झलनाथ खनाललगायत छन्। नेपाल–खनाल पक्षमा रहेका एमाले नेता योगेश भट्टराई पछिल्लो कारबाहीलाई भद्दा मजाक भएको बताउँछन्। 'विद्वान, इमान्दार र नैतिकवानहरूमाथि कारबाही हुन्छ। मुर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन्', बिहीबार ट्विटरमा उनले लेखेका छन्, 'कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ।'

नेकपा जीवित रहँदासम्म ओली निरीह देखिएका थिए। पछिल्ला केही महिना उनको इच्छा विपरीत पार्टी अघि बढिरहेको थियो। पार्टी कमिटीमा उनको राजीनामाको माग उठिरहेको थियो। उनी आफ्नो शक्तिको बलमा कुनै पनि निर्णय गराउन नसक्ने अवस्थामा पुगेका थिए। तर, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै एमाले ब्युँतिएपछि उनी शक्तिशाली भए। परिणामतः नेकपामा आफूलाई हैरानी दिलाएका एक-एक पात्रमाथि उनी पछिल्लो शक्ति प्रयोगमार्फत् हिसाब मिलान गर्ने प्रयासमा देखिन्छन्।

ओली कति अघि बढ्छन् भनेर अहिल्यै आकलन गर्न मुस्किल छ। किनकी, उनी निकट नेताहरूकै भनाइमा उनको रिस मरिसकेको छैन। तर, एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका जोसुकै नेताहरू जुनसुकै बेला उनको कारबाहीमा पर्न सक्ने देखिन्छ। पार्टीभित्र कुनै गम्भीर बहस बिना आफू निकट महासचिव ईश्वर पोखरेलको नामबाट स्पष्टीकरण सोध्ने र आफ्नो नामबाट निलम्बन गर्ने सहज तरिका उनले स्थापित गरेका छन्। 

'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु’, यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो', ओलीप्रति नेता घनश्याम भुसालको टिप्पणी छ, 'एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन्, या शत्रु।'

आफूलाई पार्टी सत्ताको एकछत्र प्रयोगमा अप्ठ्यारो सिर्जना नहोस् भनेर ओली बढी नै सचेत देखिन्छन्। ओलीका पछिल्ला कदमले उनी पार्टीमा आफ्नो एकाधिपत्य कायम गर्न चाहन्छन् भन्ने पुष्टि हुन्छ। भुसालको भाषामा भन्दा, उनी 'शत्रुहरू निकालेर चाकरहरूको पार्टी बनाउन' चाहन्छन्। त्यसैले उनले आफ्ना कदमहरूमा प्रश्न उठाउनेहरूलाई धकेल्ने सुत्र अख्तियार गरिरहेका छन्।

उनी पार्टीमा कोही पनि विरोधी नहुन्, आफूप्रति कसैले पनि फरक मत नराखोस्, कसैले उनको आदेशमाथि प्रश्न नउठाओस्, उनले बोलेको नै अन्तिम होस् भन्ने चाहन्छन् भन्ने बुझ्न सकिन्छ। त्यसैको रणनीतिक तयारीमा उनी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रश्न गर्न सक्ने आँट भएका नेताहरूलाई पार्टीबाट निकाल्ने श्रृंखला अघि बढाएपछि ओलीलाई पार्टी सञ्चालनमा भने निकै सहज हुने छ। मुख्यतः उनले पार्टीभित्र कुनै बहस व्यहोर्नुपर्ने छैन। कुनै सैद्धान्तिक, राजनीतिक, नीतिगत बहसमा टाउको दुखाउनुपर्ने छैन। किनकी, उनले त्यसमा रूची राख्ने गरेको विगत देखिँदैन, अरुले पनि चुनौती दिने अवस्था छैन।

ओलीले आफूप्रति प्रतिबद्ध हुनेहरूको जमात भने बढाउँदै लैजाने देखिन्छ। अहिले नै जो उनीसँगै छन्, ती थप प्रतिबद्ध बन्दै जानेछन्। तिनले कुनै किन्तु-परन्तु बिना ओलीलाई साथ दिने गरेको देखिन्छ, अब पनि दिन्छन् नै। तर, तीमध्ये धेरैजसो त अहिल्यै विवादित छन्। 'तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ, त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारंगत भइसकेका छन्। उनीहरु जे गर्छन्, राजनीतिको व्यापार गर्छन्', भुसालले आफ्नो स्पष्टीकरणमा ओली निकट रहेका नेताहरूको चित्रण गरेका थिए।

माधव नेपाल पक्षमा रहेका कतिपय नेताहरूलाई आफूतिर तान्ने ओलीको प्रयत्न हुनेछ। उनले गुटसँग संवाद नगर्ने र व्यक्तिगत रूपमा प्रस्तुत हुनुपर्ने शर्त नै राखेका छन्। व्यक्तिगत संवादमा उनी वा उनी पक्षका नेताहरूलाई राजनीतिक साम, दाम, दण्ड, भेदको नीति अख्यियार गर्न पाउने अवसर प्राप्त हुन्छ। त्यस्तो नीतिले कतिपय अवस्थामा सफलता प्राप्त गरेको पनि देखिन्छ।

ओलीको शक्ति अभ्यासको मोह पार्टी सत्ताभित्र मात्रै देखिएको होइन, राज्य सत्तामा झन् बढी छ। विभिन्न मन्त्रालय अन्तर्गत रहेका महत्त्वपूर्ण निकायलाई आफूमा खिचेर उनले आफूलाई शक्तिशाली बनाए। जस्तो कि उनले गृह मन्त्रालयमातहत रहेको मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए। अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ताने। नेपाली सेनाको जिम्मेवारी हेर्ने रक्षा मन्त्रालयसमेत ओलीले आफूसँगै राखेका छन्।

Xtrem

Xtrem

अर्कोतिर, नागरिकलाई माइतीघरमा बोल्न नदिन निषेधाज्ञा लगाउने र फेसबुकमा लेख्न नदिन ऐन बनाउने प्रयत्न पनि गरे। उनका यस्तै प्रयत्नले उनीबाट लोकतन्त्र र संविधान नै खतरामा रहेको बताउँछन्, आलोचकहरू।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २२:३९
  • #प्रधानमन्त्री
  • #केपी_ओली
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
सम्बन्धित सामग्री
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरेको पाइएमा उजुरी गर्न सर्वसाधार... शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्