काठमाडौं- विश्वकपको युरोपियन छनोट फुटबलमा आज (बुधबार) राति १५ खेल हुँदैछन्। जसमा विश्वविजेता फ्रान्स, जर्मनी, इटाली, स्पेन, इंग्ल्यान्ड लगायतका टिमले प्रतिस्पर्धा गर्दैछन्।
समूह ‘डी’ मा रहेको विश्वविजेता फ्रान्सले बोसनिया एन्ड हर्जगोभिनासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति १२ः३० बजे सुरु हुनेछ।
फ्रान्सले दुई खेलबाट चार अंक बनाएको छ। यसअघि फ्रान्सले पहिलो खेलमा युक्रेनसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भने फ्रान्सले काजकिस्तानलाई २-० गोलले हराएको थियो। यसै समूहमा रहेको युक्रेनले १२ः३० मा नै काजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘जे’ मा रहेको जर्मनीले राति १२ः३० मा नर्थ मासेडोनियासँग खेल्दैछ। जर्मनी लगातार तीन खेलमा जित निकाल्ने दाउमा छ। यसअघि जर्मनीले पहिलो खेलमा आइसल्यान्डलाई ३-० र दोस्रो खेलमा रोमानियालाई १-० ले हराएको थियो।
शीर्ष स्थानमा रहेको जर्मनीको दुई खेलबाट चार अंक छ। यसै समूहमा रहेको अर्मेनियाले रोमानियासँग नेपाली समय अनुसार ९ः४५ बजे प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, लिच्टेनस्टाइन र आइसल्यान्डबीचको खेल १२ः३० मा सुरु हुनेछ।
समूह ‘सी’ मा रहेको इटालीले लिथुनियासँग १२ः३० मा प्रतिस्पर्धा गर्दैछ। यसै समूहमा रहेको बुल्गेरिया र नर्थन आयरल्यान्डबीच पनि प्रतिस्पर्धा हुँदैछ।

समूह ‘बी’ मा रहेको स्पेनले आफ्नै मैदानमा कोसोभोसँग नेपाली समयअनुसार १२ः३० बजे प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, ग्रिस र जर्जियाबीच यही समयमा प्रतिस्पर्धा हुँदैछ।
समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष स्थानको इंग्ल्यान्डले आफ्नै मैदानमा पोल्यान्डसँग १२ः३० बजे प्रतिस्पर्धा गर्दैछ। यसै समूहमा रहेको हंगेरीले एन्डोरासँग प्रतिस्पर्धा गर्दा अल्बानियाले सान मारिनोसँग खेल्दैछन्।
त्यस्तै, समूह ‘एफ’ मा अस्ट्रियाले डेनमार्कसँग खेल्दा मोल्डोभाले इजरायलसँग, स्कटल्यान्डले फारोई आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।